प्रधानमन्त्री देउवाले भने,एमसीसी जसरी भएपनि पारित हुन्छ,बाढीपहिरो पीडितलाई तत्काल राहत प्याकेज ल्याउछौं

काठमाडौं।बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा गएका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा नेपालको कानुन लागु हुनेगरी एमसीसी पारित हुने दाबी गरेका छन्। 

 

 

 

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेकाले त्यो पारित हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका हुन । 

 

 

 

 

प्रधानमन्त्री देउवाले यति वेला उद्धार र राहतको काम भइरहेको उल्लेख गर्नुहुँदै सरकार अल्पकालीन र दीर्घकालीन राहतको योजना बनाएर अघि बढ्ने बताएका छन्।प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने पनि बताएका छन् ।

 

 

 

बाढीपहिरोबाट क्षतिको अवस्था बुझ्न बिहिबार सुदूरपश्चिम प्रदेश गएका प्रधानमन्त्री देउवाले नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका हुन् ।

 

 

बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको उनले बताए । बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए।  

 

 

प्रधानमन्त्री देउवाले मुलुकमा अकल्पनीय विपद् आएको र त्यसले पुर्याएको क्षतिले आफू निकै दुखित भएको र बाढी पहिरो पीडित परिवारका लागि सरकारले तत्काल थप राहत प्याकेज ल्याउने उनले बताए। 

 

 

 

प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी गराए। प्रधानमन्त्री देउवाले आगामी वैशाख महिना भित्र सबै नेपालीहरूलाई कोरोना भाईरस विरुद्धको खोप दिन सक्ने गरी सरकारले काम गरिरहेको जानकारी  दिएका छन्।  

 

 

 

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको अधिवेशन जारी रहेको र निर्धारित समयमै अधिवेशन हुने गरि निर्वाचन समितिले काम गरिरहेको बताए । 

 

 

 

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी गराएका छन्। 

 

 

 प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलगायतकाे टाेलि भ्रमणमा रहेकाे छ।