सुदूरपश्चिम प्रदेशमा काँग्रेसको कार्यसमिति चयनका लागि मतदान सुरु,तीन जना सदस्य निर्विरोध
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ ।
आज (शनिबार) बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलो गरी मतदान शुरू भएको निर्वाचन समितिले जनाएको छ ।
धनगढीस्थीत निर्माण व्यवसायी समितिको हलमा शुरू भएको मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ ।
८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेको छ । ती पदका लागि पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।
दुवै प्यानलबाट एक सय ७९ जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् ।
कैलालीबाट पुष्पा भट्ट, डडेल्धुराबाट तिलकराज जोशी र निर्मला बोगटी सर्वसम्मत चयन भएका हुन् ।