युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानी हुन् – माओ त्सेतुङ

अध्यक्ष माओले युआन जूको मे पच्चीस नामक ठूलो पोस्टरलाई बीसौँ शताब्दीको साठीको दशकको चिनियाँ पेरिस कम्युन घोषणापत्र भन्नुभएको छ । त्यसको पेरिस कम्युनले भन्दा ठूलो महत्व राख्छ । यस्ता पोस्टरहरु लेख्न गाह्रो छ ।

 

 

-युवक सङ्घका धेरै कार्यकर्ताहरुले आफ्ना पिताहरुका बारेमा यस्ता पोस्टरहरु लेखेका छन् । त्यसमा उनीहरुले के कुरा उल्लेख गरेका छन् भने उनीहरुका पिताहरुले आफ्नाे विगत भुले, उनीहरुसँग माओविचारधाराको बारेमा कुराकानी गरेनन् बरू स्कुलमा कति नम्बर ल्यायौ भनेर मात्र चासो राखे र राम्रो नम्बर ल्याएकोमा पुरस्कार दिए ।

 

 

अध्यक्ष माओले कामरेड चेन पोटालाई तपार्ईंहरुले बनाउनुभएको ठूला पोस्टरहरु साह्ै राम्ररी लेखिएका छन्, भन्ने सन्देश युवा सङ्घका साथीहरुसम्म पु¥याइदिन अनुरोध गरे । (त्यसपछि उहाँ बोल्न थाल्नुभयो)

 

 

म तपार्ईंहरु सबैलाई भन्छु : युवाहरु महान् साँस्कृतिक क्रान्तिका महान् सेनानीहरु हुन् । उनीहरुलाई पूर्ण रुपमा परिचालित गर्नुपर्छ ।

 

 

पेकिङ आइपुगेपछिम निकै बेखुसी र उदास भएँ । केही कलेजका ढोकाहरु बन्द गरिएका थिए । यहाँसम्म कि केहीले विद्यार्थी आन्दोलन दबाएका थिए विद्यार्थी आन्दोलन दबाउनेहरु को थिए ? ती हुन पेइयाङ भन्ने युद्धसरदार ।

 

 

 

विद्यार्थी आन्दोलनलाई यसरी थर्कमान गर्न खोज्नु गैरमाक्र्सवादी चाला हो । केही मान्छेहरु दिनहुँजसो जननीत बारेमा कुरा गर्छन् तर काम गर्ने बेलामा बुर्जुवा नीति पछ्याउँछन् ।

 

 

युवक सङ्घको केन्द्रिय समिति विद्यार्थी आन्दोलनको पक्षमा उभिनुपर्नेमा त्यसको उल्टो विद्यार्थी आन्दोलन दबाउनेहरुको पक्षमा उभिन पुगेको छ ।

 

 

को को महान् सांस्कृतिक क्रान्तिको विपक्षमा छन् ? अमेरिकी साम्राज्यवाद, सोभियत संशोधनवादीहरु, जापानी संशोधनवादीहरु र प्रतिक्रियावादीहरु ।

 

 

आफ्ना र पराई भनेर पक्षपात गर्नेहरुलाई छुटकारा दिनु भनेको क्रान्तिलाई रोक्न खोज्नु हो । टाँसिएका ती ठूला पोस्टरहरुलाई छोप्नु हो । यस्ता कुरा गर्न कसैलाई छुट छैन ।

 

 

यो आधारभूत रुपमै गलत छ । उनीहरुले तुरून्त आफ्नो दिशा बदल्नुपर्छ र थोत्रा विचारहरु धुलोपिठो पार्नुपर्छ ।

 

 

हामी जनतालाई विश्वास गछौँ । जनताको गुरू बन्नु छ भने हामीले जनताको विद्यार्थी बन्न तयार हुनुपर्छ । अहिले चालु रहेको महान् साँस्कृतिक क्रान्ति आकाश धर्ती थर्काउने घटना हो ।

 

 

के हामी समाजवादसम्म पुग्न सक्छौँ ? के हामीमा त्यो हिम्मत छ ? त्यसो गर्न सकियो भने मात्र हामीले वर्गलाई निर्णायक रूखमा सखाप पार्न सक्छौँ र तीनखालका ठूला अन्तरहरु घटाउन सक्छौँ ।

 

 

अधिनायकवादी बुर्जुवा विचार सखाप पार्नुछ । त्यसलाई सखाप नपारेसम्म न त समाजवाद स्थापना गर्न न त पहिलो सङ्घर्ष छिचोल्न सक्छौँ । दोस्रो कुरा हो, आलोचना र तेस्रो हो, रुपान्तरण ।

 

 

कार्यलयमा बस्दै रिपोर्टहरु सुन्नु राम्रो कुरा होइन। जनतामा भर पर्नु, उनीहरुलाई विश्वासमालिनु र यो सङ्घर्षलाई किनारा लगाउनुको कुनै विकल्प छैन । फेरि क्रान्ति हाम्रैविरूद्ध खनिन सक्ने भएकाले त्यसका लागि पनि तम्तयार भएर बस्नुपर्छ ।

 

 

 

सिङ्गो पार्टी, सरकारमा नेतृत्व गरिहेकाहरु र पार्टीका जिम्मेवार कमरेडहरु त्यसका लागि तम्तयार भएर बस्नुपर्छ । क्रान्ति सम्पन्न गर्ने हो भने कुकुक्क खुम्चिने होइन, तपार्ईंहरुले आफैँलाई अनुशासित बनाउनुपर्छ, आफैलाई फेर्नुपर्छ । त्यसो भयो भने तपार्ईंहरुले आफूलाई दलदलबाट बाहिर निकाल्ने सक्नुहुन्न ।

 

 

यहाँ त्यस्ता थुप्रै कमरेडहरु हुनुहुन्छ जो अरूको विरूद्ध त चर्कोसँग लगिरहनुभएको छ तर आफैँसँग भने त्यसरी लड्न सकिरहनुभएको छैन । यहीतालले हो भने उहाँहरुले समाजवादमा प्रवेश गर्न वैतरणी नदी तर्न सक्नुहुने छैन ।

 

 

यहाँसम्म कि तपार्ईंहरुले आफ्नाे जिउमा आगो लगाउन तयार हुनुपर्छ । दनदन बलिरहेको आगोको ज्वालामा आफूलाई होम्न तयार हुनुपर्छ । तपार्ईंहरुमा यसो गर्न हिम्मत छ ? किनकि त्यसले त तपार्ईंको दिमाग खानेछ ।

 

(बीचैमा एकजना कमरेडले भन्नुभयोः हो, हामी तयार छौँ। त्यसो गर्न सकेनौँ भने हामी आफ्नाे जिम्मेवारीबाट राजीनामा दिनेछौँ । हामी कम्युनिष्ट पार्टीको सदस्य भएर बाँच्न तयार छौँ र कम्युनिष्ट पार्टीकै सदस्य भएर मर्न तयार छैन ।)

 

 

आरामदायीसोफा र विद्युतीय पङ्खाको हावा खाएर बस्ने हाम्रो कुनै सोखछैन ।त्यसपछि अध्यक्ष माओले फेरि बोल्न थाल्नुभयो ।

 

जनतासँग हामीले त्यस्ता कठोर बारहरु राख्नुहुँदैन । तर जब पेकिङ विश्वविद्यालयका विद्यार्थीहरु चलमलाउन खोजे तब उनीहरुलाई यस्तैबार बनाएर छेक्न खोजियो ।

 

 

 

उनीहरुले त्यसलाई नरम भाषामा दक्षिणपन्थतर्फको यात्रा भने । वास्तवमा त्यो दक्षिणपन्थतर्फ यात्राभाषामा दक्षिणपन्थतर्फको यात्रा थियो ।

 

 

त्यस्ता केही विद्यालयहरु पनि छन् जसले विद्यार्थीहरुलाई क्रान्तिकारीको बिल्ला भिराइदिएका छन् । –लिआइसन– प्रमुख चाङ येनले त्यहीँ २९ जनालाई प्रतिक्रान्तिकारी भएको घोषणा गरिदिए ।त्यसपछि अध्यक्ष माओ पुनः बोल्न थाले ।)

 

 

यसरी तपार्ईंहरु जनतालाई अर्को किनारामा धकेल्नुहुन्छ । खराबै भए पनि त्यस्ता जनतालाई तर्साइहाल्नु हुँदैन। कति नै होलान् र त्यस्ता मान्छे? अत्याधिक बहुसङ्ख्यक विद्यार्थीहरु त राम्रा छन् ।

 

 

कसैले बीचैमा प्रश्न सोध्यो – त्यस्ताहरुलाई कानुनी कारवाही गर्न के गर्ने त? (त्यसपछि अध्यक्ष माओले भन्नुभयो –

 

किन डराउनुहुन्छ ? जब खराब मान्छेहरु आउनेछन् तब उनीहरुलाई तपार्ईं अँठ्याउन सकिहाल्नुहुन्छ । तपार्ईंहरु असल मान्छेहरुसँग डराउन के जरूरी छ र ? तपार्ईंहरुले डर भन्ने शब्दलाई साहस शब्दले सट्टापट्टा गर्नु प¥यो ।

 

 

 

तपार्ईंहरुले एकचोटी मात्रै होइन, बारम्बार देशलाई समाजवादमा प्रवेश गराउन बल गर्नुपर्छ । राजनीतिलाई कमान्डमा राख्नुहोस्, जनताका बीचमा जानुहोस्, उनीहरुसँग घुलमिल गर्नुहोस्, र महान् सांस्कृतिक क्रान्तिलाई अझ राम्ररी हाँक्नुहोस् ।

 

(हस्तबहादुर केसीद्वारा संकलित तथा सम्पादित पुस्तक ‘माओ त्सेतुङका प्रमुख लेखहरु’ बाट)