क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)ले एमसीसी सचेतना अभियान ललितपुर जिल्लामा सम्पन्न

काठमाडौं। क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)ले एमसीसी सचेतना अभियान ललितपुर जिल्लामा सम्पन्न गरेकाे छ।  जिल्लामा रहेका वेस्ट विग मा.वि र भ्याली पब्लिक मा.वि मा विधार्थीहरुसंग राष्ट्रघाती एमसीसी सम्झौता बारे सचेतना अभियान गरेको थियाे।

 

 

सचेतना अभियानमा विधार्थीहरुको उत्साह जनक रुपमा सहभागी रहेको थियो, राष्ट्रघाती एमसीसी सम्झौता खारेज नभए सम्म निरन्तर सचेतना अभियान संचालन गर्ने अखिल (क्रान्तीकारी)की केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक शीलु न्यौपानेले जानकारी दिनुभयो ।

 

साे कार्यक्रम अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

 

राष्ट्रघाती एमसीसी सम्झौता नेपालको लागि घातक हुनुको साथै यदि नेपालमा राष्ट्रघाती सम्झौता अनुमोदन भयो भने नेपाल रणमैदान बन्ने र कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नु पर्ने अध्यक्ष गजुरेलले बताउनु भयो।

 

उक्त कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)को परदेश सदस्य अर्पणा श्रेष्ठले गर्नु भएको थियो।