राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा विद्यालय स्तरीय सचेतना अभियान संचालन
काठमाडौं। क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)ले एमसीसी सचेतना अभियान काठमाडौंमा जिल्लामा आज सम्पन्न गरेकाे छ।
जुद्धोदय पब्लिक हाई स्कुल काठमाडौंमा (अखिल क्रान्तिकारी) ले आज (शुक्रबार) बिहान एमसीसी सचेतना अभियान संचालन गरेको केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर परदेश संयोजक शीलु न्यौपानेले जानकारी दिनु भयाे।
साे कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा भएको थियो । राष्ट्रघाती एमसीसी सम्झौता नेपालमा पास भयो भने देश रणमैदान बन्ने र नेपाल र नेपालीको अबस्था सारै दर्दनाक हुनेछ र विदेशीहरुको कृडास्थल बन्ने हुँदा कुनै पनि हालतमा अब विधार्थीहरुले शसक्त प्रतिरोध गर्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा अखिल(क्रान्तिकारी) प्रदेश सदस्य मीन गिरी, जेपीका ईकाई समितिका अध्यक्ष,उपाध्यक्ष,सचिवहरुको समेत उपस्थितमा राष्ट्रघाती एमसीसी सचेतना तथा ईकाइ कमिटि पुनर्निर्माण कार्यक्रम सम्पन्न भएको थियो।