काठमाडौंबाट गैंडाको खागसहित ६ जना पक्राउ
काठमाडौं ।गैंडाको १ किलो १० ग्राम खागसहित ६ जनालाई पक्राउ । काभ्रे बेदान गाउँपालिका-४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्कीसहितका पक्राउ परेका छन् ।
यस्तै पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।