काठमाडौं मेडिकल कलेजको लुट रोक्न विद्यार्थीले लगाए ताला

काठमाडौं।  काठमाडौंको सिनामंगलस्थित क्याम्पस प्रशासनमा विद्यार्थीहरुले ताला लगाएका छन् ।सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका हुन् । 

 

 

विद्यार्थीहरुबाट कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै कलेजमा ताला लगाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी समेत गरेका छन् ।

 

 

विद्यार्थीहरुलाइ कलेजले होस्टलमा अनिवार्य बस्नुपर्ने र बसभाडा तिनुपर्ने नियम बनाएको छ ।यसलाई ऐच्छिक बनाउनुपर्ने माग विद्यार्थीहरुले गरेका छन् ।

 

तर कलेजले भने ‘तिर्न सक्छौ भने पढ नभए नपढ, त्यो भन्दा कम शुल्कमा पढाउन सकिँदैन’ भन्ने जवाफ दिएको र पटक – पटक छलफल गर्दा पनि विद्यार्थीको कुरा नसुनेको विद्यार्थीहरुले बताएका छन् ।

 

 

चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ ।

 

 

 

केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी लाग्ने उल्लेख गरिएको छ ।काठमाडौं मेडिकल कलेजकाे लुट राेक्न ताला लगाएकाे विद्यार्थीहरूले बताएका छन्।