५ महिनामा साढे १८ अर्ब राजस्व संकलन

काठमाडौं। विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार मंसिर महिनामा भन्सारले ३ अर्ब ९४ करोड ४०लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

 

 

गत आर्थिक वर्ष विराटनगर भन्सार कार्यालयले ३ अर्ब १३ करोड ४२ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

 

 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको मंसिरमा ८१ करोड बढी राजस्व संकलन गरे पनि विराटनगर भन्सार कार्यालयले लक्ष अनुसार भने संकलन गर्न सकेको छैन।

 

 

 

मंसिर महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष तोकिएको थियो।

 

 

 

त्यसो त विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

 

 

विराटनगर भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष तोकिए पनि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

 

 

 

यस्तै भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

 

 

 

असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

 

 

 

यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।

 

 

 

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन। साउन महिनामा लक्षको ९६.५६ प्रतिशत, भदौमा ९३,असोजमा ९२.६२कात्तिकमा ८४.१३ र मंसिरमा ९४.४६ प्रतिशत राजस्व संकलन गरेको छ।

 

 

 

५ महिनाको अवधिमा विराटनगर नाकाबाट १८ अर्ब ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

 

 

राजस्व संकलनको आधारमा विराटनगर भन्सार कार्यालयले सबै भन्दा बढी राजस्व मोटरसाईकल आयातबाट संकलन गरेको छ।

 

 

५ महिनाको अवधिमा मोटरसाईकल आयातबाट १ अर्ब ४२ करोड २२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

 

 

यस्तै तयारी कपडा आयातबाट १ अर्ब १३ करोड१८ लाख २ हजार, पेट्रोलबाट १ अर्ब ८ करोड ६१ लाख ९५ हजार, पोलेथिन दानाबाट ९० करोड ६८ लाख ३८ हजार, स्ट्रील वायर रडबाट ६२ करोड ७७ लाख ८८ हजार, एलपी ग्याँसबाट ६० करोड ४ लाख ५३ हजार, एम एस् विलेटबाट ५३ करोड ८४ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ।

 

 

 

यस्तै भटमासको कच्चातेलबाट ४८ करोड २५ लाख १० हजार, सुर्यमुखिको कच्चातेल आयातबाट ४५ करोड २३ लाख ५३ हजार, कच्चा पामतेलबाट ४१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयको तथ्याँकमा उल्लेख छ।