एमसीसीमा राष्ट्रघात छैन,हमतिका आधारमा पास हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।
आज काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन्, भनेर प्रश्न समेत गरेका थिए ।
राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन, उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ। म किन राष्ट्रघात गरौंला देउवाले भने।
देउवाले एमसीसीबारे आफूहरु सत्तारुढ दलहरुबीच छलफल भइरहेको बताए । प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं, उनले भने, एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ ।
‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि हामीले मान्दैनाैं भनेका छाैं । राम्रोसँग बुझ्नुपर्यो क्या!
व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नुले विश्वास गरेको देउवाले बताए ।