काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरू तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै आन्दोलित

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा अध्ययनरत एमबिबिएस र बिडिएसका विद्यार्थीहरुबाट चर्को शुल्क लिएको भन्दै आन्दोलित भएका छन् । तोकिएको भन्दा बढी शुल्क नलिन र थप लागेको शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले बुधबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।

 

 

 

अखिल (क्रान्तिकारी)का विद्यार्थीले चर्को मूल्यको विरोधमा अनसन र धर्ना कार्यक्रमसमेत सुरु गरेको बताएका छन् । आन्दोलनमा एमबिबिएस २४ ब्याच र बिडिएस ९ ब्याचका विद्यार्थीहरुको सहभागिता छ ।

 

 

 

यता काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले पुस २८ गते आयोजित १२ औं साधारणसभाबाट सेयरधनीलाई २.९६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।