मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न सात विद्यार्थी संगठनको गृहमन्त्रीलाइ ध्यानाकर्षण

काठमाडौं । नेकपा (क्रान्तिकारी मओवादी) सम्वद्ध अखिल क्रान्तिकारीसहित सत्तारूढ दल सम्वद्ध सात विद्यार्थी संगठनहरूले चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 

 

 

नोबेल मेडिकल कलेज मोरङ,काठमाडौं मेडिकल कलेज सिनामंगल र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको र नोवेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।

 

 

 

सात विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कलेज सञ्चालकलाइ तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न । कलेजमाथि छानबिन गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।

 

 

 

वैद्य निकट अखिल (क्रन्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुङ‍गामुढा गरेको आरोपसमेत लगाएका छन् ।