काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम गर्न शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ।

 

 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

 

 

 

प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको हाे।

 

 

  राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने निर्णय गरेको छ ।