चैतसम्म सबै नागरिकलाई कोरोना खोप लगाइने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।

 

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।

 

 

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन्।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका छन्।

 

 

 

उनले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको उल्लेख गरेका छन्।

 

 

उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ करोड ७४ लाख खोप वितरण गरिसकेको उल्लेख गरेका छन्।

 

 

 

यसमध्ये १ करोड १८ लाखले पूर्ण डोज खोप लगाइसकेको दाबी प्रधानमन्त्री देउवाले गरेका छन्।