काठमाडौँ उपत्यकामा थप ६,१७२ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति ?
काठमाडौं। काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ पुगेको छ।यस्तै आज ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १८ हजार १०३ पीसीआर तथा ७ हजार ८०६ एन्टिजेन परीक्षण भएको छ।