नेपाली सेनाले गर्याे अवैध लागूऔषध तथा एक्सप्लोसिभ बरामद
काठमाडौँ। पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित एलआरपी टोलीले लागुऔषध बरामद गरेको छ।
लालभित्ती, शीतलपुर खोला चुरे इलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसलाई पक्राउ गर्ने क्रममा उक्त लागुऔषध, एम्युनिसनरएक्सप्लोसिभ बरामद गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बरामद गरिएको गाँजा– ६ बोरा (करिब २ सय केजी), भरुवा बन्दुकको गोली ३९ वटा, बारुद २ सय ग्राम, बम पटका १६ वटा, गन्धक २ केजी, प्याकिङ डब्बा भएको सेफ सोली एउटा, टर्चलाइट दुई वटा, चार्जर एक र कपडा राखिएको झोला ४ वटा निकुञ्ज प्रशासनलाई बुझाएको समेत सेनाले जानकारी दिएको छ।