एकैदिन ३२ जनाको मृत्यु,नेपालमा थप ३,५४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं।नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार माघ १३ गतेदेखि १६ गतेसम्म प्राप्त भएका तथ्याङ्कका अनुसार चार दिनमा जम्मा थप ३२ जनाले कोभिड—१९ कारण ज्यान गुमाएका छन्।
यस्तै आइतबार ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ९ हजार ९ सय १० पीसीआर तथा ३ हजार २३५ एन्टिजेन परीक्षण भएको छ।