दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो।
बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३।२६ अंकले घटेको छ ।
कारोबारको अधिकांश समय हरियो देखिए पनि बन्द हुने बेला भने नेप्से परिसूचक दोहोरो अंकले घटेको हो। तर, बिहीबार कारोबार भने साढे ८ अर्ब रुपैयाँभन्दा माथिको भएको छ।