अखिल(क्रान्तिकारी)ले गर्यो संगठनका केन्द्रीय सचिव कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्वन

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकरी)ले संगठनको हित विपरित गतिविधि गरेको आरोपमा संगठनका केन्द्रीय सचिव सूर्य कार्कीलाई तीन महिनाका लागि निलम्वन गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

प्रेस विज्ञप्ति-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का केन्द्रीय सचिव सूर्य कार्कीले सङ्गठनको हितविपरीत क्रियाकलाप गरेको हुँदा केन्द्रीय कार्यालयको निर्णय अनुसार निजलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी तीन (३) महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ ।