नेपालमा थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि,थप ९ जनाको मृत्यु
काठमाडौं ।शनिबार नेपालमा थप १,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८,५१३ नमुना परीक्षण गरिएको थियो भने ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गरेर १,१०३ र ३,२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी १,७१४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यस्तै आज ४,७७१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् ।
यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना संक्रमित छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ६५, मोरङमा ६१, काभ्रेपलाञ्चोकमा ४७, नुवाकोटमा ४४, सुनसरीमा २८ तथा चितवन र कैलालीमा २६/२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुर, पाल्पा र रुपन्देहीमा २०र२० जना, दाङमा १८, झापा, दादिङ र कञ्चनपुरमा १४ जना, तनहुँमा १३, स्याङजामा १२ तथा धनकुटा, धनुषा र गोरखामा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।