सेयर बजारमा ४० अंकको गिरावट
काठमाडौं। साताको पहिलो दिन सेयर बजार राताम्य भएको छ। नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ।
आज १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ।
आज सबै उपसमूह घटेका छन्। बैंकिङ उपसमूह १९, विकास बैंक ९९, फाइनान्स ६०, होटल तथा पर्यटन १८, जलविद्युत ३९, जीवन बीमा ५८०, उत्पादन ५९, लघुवित्त ८२, निर्जीवन बीमा १३१, अन्य ३८ र व्यापार उपसमूह ५० अंकले घटेका छन्।