बालुवाटारमा देउवा, ओली र दाहालबीच भेटवार्ता सुरु
काठमाडौं। ओली सरकारबाट बाहिरिए पछि पहिलो पटक तीन ठूला दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको हो।
तीन नेताबीच संसदबाट एमसीसी अनुमोदन गराउने, स्थानीय तहको चुनावलगाय समसामियक राजनीतिक विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
अमेरिकाले एमसीसी पूर्वप्रतिबद्धता अनुसार फेब्रुअरी महिनाभित्र पारित गर्न दबाब दिँदै आएको छ।
प्रधानमन्त्री देउवा र दाहालले एमसीसीलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा आएको जवाफले राजनीति तरंगित भएको छ।
प्रधानमन्त्रीबाट हटेको सात महिनापछि ओली बालुवाटार पुगेर छलफलमा जुटेका हुन्।