बन्दुक बनाउने फलामे पाईपसहित २ जना पक्राउ

झापा ।झापा जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

 

 

पक्राउ पर्नेहरुमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारतीलाई सशस्त्र प्रहरीले गरेको हो ।

 

 

 

 

मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाईपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ केजी सोडा र ३ केजी ५ सय ग्राम गन्धक फेला पारेको हो।

 

 

 

पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।