एमसीसी संशोधन नभएसम्म संसदमा टेबुल हुन्नः देव गुरुङ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताएका छन्।

 

 

उनले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उनको भनाइ छ।

 

 

 

 

एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे। प्रधानमन्त्रीले गठबन्धनको सहमति बिना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उनले बताए।