एमसीसी सम्झौता खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीसहितका २२ दलीय मोर्चाले संसद भवन घेराउ गर्दै

                                                                                        फाइल तस्वीर-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित २२ दलीय मोर्चाले एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि संसद भवन घेराउ गर्ने भएको छ ।

 

 

 

 

२२ दलीय मोर्चाको आव्हानसँगै नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सहित ६ दल र दुईवटा मोर्चाले पनि संयुक्त रुपमा वक्तव्य जारी गर्दै २६ गते अर्थात् भोलि बुधबारको संसद भवन घेराउ तथा विरोध प्रदर्शनलाई सशक्त बनाउन आव्हान समेत गरेका छन् ।

 

 

 

 

राष्ट्रघाती एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपा क्रान्तिकारी माओवादीसहितका दल तथा माेर्चाहरूले भाेली संसद घेराउ गर्ने भएका छन्।

 

 

 

  शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूसँग हामी गम्भीर रुपमा आव्हान गर्दछौं ।

 

 

 

त्यसैगरी राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ।

 

 

 

पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम् शेरबहादुर देउवाले पटक–पटक यो राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएकाे छ।

 

 

 

फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसदबाट जसरी पनि एमसीसी प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ ।

 

 

 

 

नेपालको सार्वभौमिकताको रक्षा गर्न र हाम्रो देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बन्न नदिनका लागि हामी पुनः सडकमा उत्रिन बाध्य भएका छौं । यसका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति व्यक्तित्वहरुसँग एकताबद्ध भएर सङ्घर्ष गर्न हामी सबैमा आह्वान गर्दछौं।