एमसिसीको बिरोधमा क्रान्तिकारी माओवादीद्धारा राँके जुलुस

काठमाडौं। संसद भवन घेराउको पुर्वसन्ध्यामा नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर राष्ट्रघाती दलालहरू मुर्दावाद भन्दै मशाल जुलुस निकालिएको थियो।  

 

नेकपा (क्रान्तिकारी माओवादी) ले एमसिसी सम्झैताको बिरोधमा विभिन्न स्थानमा राकेँ जुलुस गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो ।

 

 

पार्टीका पीवीएम प्रभाकिरणको नेतृत्वमा ललितपुरमा, पार्टी पीवीएम तथा प्रदेश ३ का सेक्रेटेरी प्रवेशको नेतृत्वमा काठमाडौंमा, केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज विकासको नेतृत्वमा चितवन जिल्लामा मशाल जुलुस सम्पन्न भएको‌  ।

 

 

ललितपुरको लगनखेलबाट सरु भएको मशाल जुलुस मंगलबजार दरबार स्वायर क्षेत्रमा पुगेर सम्पन्न भएको थियो । मशाल जुलुसलाई जिल्ला पार्टी सेक्रेटरी दिपकले सम्बोधन गर्नु भएको थियो ।

 

 

त्यसैगरी काठमाडौंमा भोटाहिटीबाट सुरु भएको मशाल जुलुस असन इन्द्रचोकमा पुगेर सम्पन्न भएको थियो । मशाल जुलुसमा एमसीसी मुर्दावाद, दलालहरु होशियार जस्ता नाराहरु लगाइएको थियो ।

 

 

 

त्यसैगरी चितवनमा विरेन्द्र क्याम्पस गेटबाट सुरु भएको मशाल जसलुस हाकिम चोकमा पुगेर सम्पन्न भएको थियो ।