मुगु जिल्लाका सांसद मोहन बानियाँविरुद्ध बलात्कारको मुद्दा,दुईपटक जबर्जस्ती करणी गरेको उल्लेख
काठमाडौं। मुगु जिल्लाका नेकपा एमालेका नेता तथा सांसद मोहन बानियाँलाइ जबरजस्ती करणीको आरोप लगाउँदै जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेकी छन्। जाहेरी परेसँगै सांसद बानियाँमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पूर्वमन्त्री तथा एमाले नेता समेत रहेका बानियाँले आफूलाई बलात्कार गरेको महिलाको आरोप छ । उनले सोमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनायो । जाहेरी दिने महिला जुम्लाकी सरकारी स्कूलकी शिक्षिका हुन् ।
एक महिलाले माननीयविरुद्ध सोमबार जाहेरी दिनुभएको हो, हामीले अनुसन्धान सुरू गरिसकेका छौं, जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ। संसद चल्न लागेको भनेर नेता बानियाा काठमाडौं गएको र केही दिनमा यसको वास्तविकता बाहिर आउँने प्रहरीले जनाएकाे छ ।
उहाँ काठमाडौं गए पनि प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे छ ।जाहेरीमा महिलाले बानियाँले आफूलाई दुईपटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् ।
स्रोतका अनुसार केही दिनअघि मुगुका सांसद बानियाँ र ती महिला नेपालगञ्जको अप्सरा होटलमा बसेका थिए । बानिया संसद चल्ने भएपछि काठमाडौं गएका थिए भने ती महिला जुम्ला जाने टिकट भए पनि मौसमको खराबीले रोकिएकी थिन।
ती नेताका अनुसार उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध थियो । नेपालगञ्जमा समेत घर भएका सांसद बानियाँको ती महिलासँग लेनदेनको विवाद भएको समेत देखिएको छ ।
होटलमा बस्दा बानियाँले महिलालाई २५ लाखको चेक दिएका थिए । तर, हिँड्ने बेला चेक नसाटिने भन्दै खोसेर आफैंले लगेको बुझिएको छ ।
चेक तानेर लिएपछि केही भनाभन भएको थियो, तर कसरी उजुरीसम्मको अवस्थामा गयो, आश्चर्यमा परिएको छ।
बलात्कार आरोपी बानियाँ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी १३ दिने मन्त्री नियुक्त भएका थिए।
निर्वाचन आचारसंहिता लागू भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय उल्टाएपछि केही १३ दिनमै उनी पदमुक्त भएका थिए ।