क्रान्तिकारी माओवादीले ग-यो अमेरिकी साम्राज्यवादको दादागिरी र प्रत्यक्ष नाङगो हस्तक्षेपको विरोध(प्रेस वक्तव्यसहित)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडो र नाङ्गो प्रत्यक्ष हस्तक्षेपको कडा शब्दमा तीव्र विरोध र घोर भत्र्सना गरेको छ ।

 

 

 

पार्टीका महासचिव मोहन वैद्य किरणले आज प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई फोन गरेर अल्टिमेटमसहित धम्क्याएको र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले दिएको अन्तर्वार्ताले नेपालको स्वाधीनतामाथि ठाडो र नाङ्गो हस्तक्षेप भएको भन्दै विरोध एवम् भत्र्सना गर्नुभएको हो ।

 

 

 

 

वक्तव्यमा अमेरिकी अधिकारीहरुले यसरी धम्क्याउँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता श्यामशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गर्नु र एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाउनु अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति भएको समेत ठहर गरिएको छ ।