नर्भिकलाई टेस्टट्युब बेबी (आईभीएफ) सञ्चालनको इजाजत

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागु भएपछि टेस्टट्युब बेबी आईभीएफ सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो ।

 

 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्युब बेबी (आईभीएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो ।

 

 

२०७८ माघ २५ गते सो निवेदनउपर कारबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।

 

 

 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

 

 

 

उहाँकाअनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर सञ्चालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ ।

 

 

 

 

उहाँले भन्नुभयो– ‘तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आईभीएफ सेन्टर सञ्चालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।

 

 

 

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आईभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरू तयार गरी परामर्श सेवा सञ्चालन गर्दै आएको छ ।

 

 

 

सुविधासम्पन्न र आधुनिक आईभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

 

 

 

नर्भिक आईभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एक मात्र आईभीएफ सेन्टर पनि हो ।