एमसीसी कुनै पनि हालतमा पारित गर्छाैं: पूर्वअर्थमन्त्री डा.महत
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री तथा डा.रामशरण महतले एमसीसी कुनै पनि हालतमा पारित गर्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठकपछि मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘एमसिसी कुनै पनि हालतमा पारित गर्नु पर्छ । यो राष्ट्रको हितमा छ । पारित नगर्नु चाहिँ राष्ट्रको हितमा हुँदैन ।
अमेरिका शक्तिशाली राष्ट्र रहेको र नेपालको विकासमा ठूलो सहयोग गर्दै आएकाले उससँगको सम्बन्ध बिगार्नु हुँदैन । उनले भने, ‘सम्बन्ध बिगारर्ने काम गर्नु हुँदैन ।
एमसिसीका कारण लगानी बढ्छ । पूर्वाधार पनि राम्रो हुन्छ । नेपालका आवश्यकता पूरा हुन्छन् । राष्ट्रको ठूलो हितमा हुन्छ ।
संसदको बुधबारको बैठकमा एमसिसी पेश गर्ने तयारी छ । आफू संसदमा नरहेकाले भोलि नै पेश हुन्छ वा के हुन्छ भन्ने थाहा नरहेको तर तोकिएको समयमा पारित गर्नु पर्ने उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर एमसिसी पारित गर्नका लागि फागुन १६ गतेसम्मको समय माग गरेको अवस्थामा त्यहि समय भित्र पारित गर्नु पर्ने उनले बताए ।