एमसीसीको विरोधमा माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरु सडकमा

काठमाडौं ।सत्तारूढ दल माओवादी केन्द्र अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

 

 

सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

 

 

 

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको छ। 

 

 

‘महिला, विद्यार्थी, युवा, मजदुर लगायतका पार्टीका सबै जनवर्गीय संगठन भेला भएर विरोध प्रदर्शन गर्ने भएका छन्।  

 

 

नेकपा ९एकीकृत समाजवादी०ले पनि एमसीसीको विरोधमा आजै नयाँबानेश्वरमा प्रदर्शन गर्दैछ ।