चितवनमा एमसीसी परियोजना खारेजी विरुद्धको नेपाल बन्दमा प्रदर्शन

चितवन। एमसीसी परियोजना खारेजी अभियान अन्तर्गत आयोजना गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बिहानैदेखि नारायणगढको लायन्स चोकमा जम्मा भएका पाँच दल र एक मोर्चाका सयौं नेता तथा कार्यकर्ताले नाराबाजीसहित पुल्चोकमा प्रर्दशन गरेका छन् ।
 
 
 
 
 
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् चितवन ईन्चार्ज घननाथ सापकोटा विकासले पुल्चोकमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै यो एमसीसी परियोजना खारेजीको लागि सबै सबै देशभक्तहरु जाग्नुपर्ने भनाइ व्यक्त गर्दै प्रहरी दमनमा उत्रिए पहिलो प्रहार गरिने चेतावनी दिए।
 
 
 
 
 
उक्त प्रदशनमा नेकपाका जिल्ला ईन्चार्ज सन्देश पौडेल , नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी अशोक शर्मा लगायतले नेतृत्व गरेको छन् ।