एमसीसी सम्झौताविरुद्ध खोटाङमा नागरिक समाजद्वारा हस्ताक्षर संकलन अभियान सुरू
खोटाङ। एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएको छ। एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक, त्रिबेणी चोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए।
‘नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो।