प्रहरी दमन विरुद्ध क्रान्तिकारी महिलाहरुको साहसिक र गर्विलो प्रतिरोध
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा माओवादी केन्द्र (समाजवादी) को संयुक्त आयोजनामा घोषित बन्द सफल बनाउन विहान ४–५ बजेदेखि नै नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताहरु उपत्यकाका ८ वटा आर्कमा परिचालित भए ।
कोटेश्वरमा कमरेड दिनेश शर्मा, लगनखेलमा पवनमान श्रेष्ठ, रत्नपार्कमा सुरेश श्रेष्ठ, कलंकीमा शारदा महत, चावहिलमा इश्वर तिमिल्सिना, कुपण्डोलमा कृष्णभक्त महर्जन, गोङ्गबुमा हरिकृष्ण गजुरेल, सुर्यविनायकमा सोमान तामाङले आर्कको कमाण्ड सम्हालेका थिए ।
कोटेश्वर, चावहिल र कलंकीमा बन्दको अवज्ञा गर्ने केही सवारी साधनमाथि कारबाही पनि भयो । सोही क्रममा लगनखेलबाट पवनमान श्रेष्ठ, ललितपुरका सेक्रेटरी श्याम केसी, कोटेश्वरबाट मंगल तामाङलगायत आधा दर्जन पक्राउ पर्नुभयो ।
राष्ट्रघाती एमसीसी सम्झौता टेवल गर्ने तयारीमा थियो –देउवा सरकार । त्यसको सशक्त प्रतिरोधका लागि संसद भवन नयाँ बानेश्वर वरिपरि विरोध प्रदर्शनको योजना बन्यो । र, सबै आर्कबाट माइतीघर मण्डलामा जनशक्ति केन्द्रित गरियो ।
सबै आर्कका कमाण्डरहरु माइतीघरमा जम्मा भए । एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, देशको स्वाधीनताको रक्षा गरौं भन्दै नाराजुलुस सुरु भयो ।
माइतीघरमा जनपद र सशक्त प्रहरीको उल्लेख्य उपस्थिति थियो । नारा जुलुसमाथि माइतीघरमै अवरोध सिर्जना गर्न प्रहरीले पटक पटक कोशिस ग¥यो तर देशभक्त क्रान्तिकारीहरु प्रहरी घेरा तोड्दै संसद भवन नयाँ बानेश्वरतर्फ अगाडि बढे ।
बीचमा पटक पटक प्रहरीले रोक्न कोशिस ग¥यो । घेरापछि घेरा हाल्यो तर क्रान्तिकारीहरुको प्रतिरोधका अगाडि प्रहरी पनि पछि हट्दै गयो । करिब आधा दर्जन पटक प्रहरी घेरा तोड्दै क्रान्तिकारीहरु बिजुलीबजारको पुल पार गर्ने क्रममा थिए ।
प्रहरीहरुले लाठीचार्ज सुरु ग¥यो । पटक पटक झडप भयो । पुरुष प्रहरीहरुले क्रान्तिकारी महिलाहरुमाथि लछारपछार पार्दै लाठी चार्ज सुरु ग¥यो, जसको कडा प्रतिरोधमा उत्रिए क्रान्तिकारी महिलाहरु ।
महिला नेतृ शारदा महत, रिना गेलाल, सुनिता बुढाथोकी र विद्यार्थी नेतृ शिलु न्यौपानेले आफूमाथि प्रहार भएको प्रहरीको लाठी खोस्नुभयो । प्रहरी पछि हट्यो ।
क्रान्तिकारीहरु पुनः अघि बढ्न खोजे । प्रहरीले संख्या थप ग¥यो । त्यसपछि नारा जुलससहित क्रान्तिकारी माओवादीहरु पुनः माइतीघर पुगे । करिब १२ बज्न लागिसकेको थियो ।
सडकमै दालमोठ र चिउरा खाएर भोक मेटाए । र, पुनः नारा जुलुससहित देशभक्त क्रान्तिकारीहरु संसद भवनतर्फ अघि बढे । यसपटक माइतीघर मण्डलामा थप सुरक्षाकर्मी उतारिएको थियो । र, प्रदर्शनकारीहरुका विरुद्ध घेरा कसिलो पारिएको थियो ।
तर प्रतिरोधपूर्ण मार्चपासका अगाडि प्रहरी पछि हट्न बाध्य भयो । ठाउँ ठाउँमा छेक्ने प्रयास गरे पनि प्रहरी असफल भयो । तर यसअघि जस्तै बिजुलीबजार पुलमा पुगेपछि प्रहरी क्रूर दमनमा उत्रियो ।
अन्धाधुन्ध बुट र लाठी प्रहार भयो । लछारपछार र त्यसको प्रतिरोधमा केही समय त्यो क्षेत्र युद्धस्थलजस्तै भयो । प्रहरीले टोउकोमा लाठी प्रहार गर्दा नेकपा ९क्रान्तिकारी माओवादी०का प्रदेश ३ का सेक्रेटरी समेत रहेका पीवीएम सुरेश श्रेष्ठ र निर्गनविन जैशी बेहोस भएर ढल्नुभयो ।
त्यही अवस्थामा प्रहरीले उहाँसहित पार्टी पीवीएम दिनेश शर्मा सागर, केन्द्रीय नेताहरु दिपक शाही, फुर्नाम्गेल मोक्तान, शारदा महत, हरिकृष्ण गजुरेल, कृष्णभक्त महर्जनलगायत ४ दर्जनबढी नेता कार्यकर्तालाई गिरफ्तार गरेर प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लवमा पु¥यायो । घाइते जैसीलाई भने सिभिल अस्पतालमा भर्ना गरियो ।
अवस्था गम्भिर भएपछि प्रहरी हिरासतमै घाइते सुरेश श्रेष्ठलाई ट्रमा सेन्टर पु¥याइयो । अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएपछि उहाँलाई पुनः महेन्द्र पुलिस क्लवमा ल्याएर साँझ मात्र गिरफ्तार अन्य नेता कार्यकर्ताहरुसँगै छाडियो ।
रिहा भएपछिको कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै क्रान्तिकारी माओवादी पीवीएम दिनेश शर्मा सागरले एमसीसी खारेज नहुन्जेलसम्म देशभक्त क्रान्तिकारीहरुले अझ ठूलो, अझ सशक्त र प्रतिरोधपूर्ण संघर्ष जारी राख्ने बताउनु भयो ।
र, बन्द र आन्दोलनको क्रममा घाइते हुनुभएका सबै कमरेडहरुको शिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दै बन्द सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।
क्रान्तिकारी माओवादीसहित ५ पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दमा काठमाडौ उपत्यका र बाहिर जिल्लाहरुमा समेत क्रान्तिकारी माओवादीको नेतृत्वदायी भूमिका देखिएको छ ।
ठाउँ ठाउँमा प्रतिरोधपूर्ण संघर्षहरु भएका छन् । सो क्रममा थुप्रै नेता कार्यकर्ताहरु घाइते भएका छन् । सयौं गिरफ्तारमा परेका छन् ।
नेपाल बन्द घोषणाको वक्तव्य जारी गर्दा भनेजस्तै नेपाल बन्दलाई शक्तिशाली र जुझारु बनाउन नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताहरुले खेलेको भूमिका साँच्चै साहसिक, गर्विलो र ऐतिहासिक छ ।
साथमा अन्य बन्दका आयोजक घटक पार्टीहरुका नेता कार्यकर्ताहरुले खेलेको भूमिकालाई पनि कम आँक्न मिल्दैन । त्यसैगरी सत्तारुढ नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)का युवा र विध्यार्थीहरुले नयाँ बानेश्वर चोकमा गरेको प्रदर्शन पनि प्रतिरोधी नै थियो ।
त्यसैगरी मजदुर किसान पार्टी, अन्य साना राजनीतिक संगठनहरुको समेत एमसीसी विरोधी कार्यक्रम पनि उल्लेखनीय नै थिए ।
समग्रमा भन्ने हो भने काठमाडौं उपत्यका लगायत देशैभरको एमसीसी विरोधी प्रदर्शनले राष्ट्रिय स्वाधीनताको पक्षमा एउटा वृहत आन्दोलनको सम्भावनालाई स्पष्ट रुपमा देखाएको छ ।
देशको स्वाधीनता बचाउन भनेर सडकमा उत्रिएका सबै राजनीतिक पार्टी, समूह तथा संगठन र व्यक्तिहरुको वृहत आन्दोलन संगठित गर्न सकियो भने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नेपाली भूमिमाथिको हस्तक्षेप र अतिक्रमणलाई सँधाका लागि अन्त्य गर्न सकिन्छ ।
सच्चा देशभक्त तथा क्रान्तिकारीहरुले नेतृत्वदायी पहल लिन जरुरी छ । ‘गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु’ हुनेप्रति क्रान्तिकारीहरु सचेत रहन जरुरी छ ।