राष्ट्रघाती एमसीसीको विरोधमा देशैभर विरोध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीसहित आठ दलको घोषणा (विज्ञप्तिसहित)

                                                        फाइल तस्वीर-

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ दल र २ मोर्चाले भोलि नयाँ बानेश्वर स्थित संसद भवन घेराउ गर्ने घोषणा गरेका छन् ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैध्य किरण, नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द्र समाजवादी)का संयोजक कर्णजित बुढाथोकीको संयुक्त हस्ताक्षर गरिएकाे विज्ञप्तिमा यस्तो घोषणा गरिएको हो ।

 

 

 

वक्तव्यमा एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षार्थ आन्दोलनलाई सफल बनाउन देशभक्त नेपाली जनतामा गहिरो अपिल गरिएको छ ।

 

 

 

बुधबारको विरोध प्रदर्शनमा घाइते भएका क्रान्तिकारी माओवादीका नेताहरु हरिकृष्ण गजुरेल, सुरेश श्रेष्ठ,वसन्त वाेगटी,शारदा महत,शिलु न्याैपाने,सुनिता बुढाथाेकी र निर्ग नविनलगायत सबैको निशुल्क उपचार गर्न समेत माग गरिएको छ । र, कोटेश्वरबाट गिरफ्तार गरिएका मंगल तामाङको शिघ्र रिहाईका लागि माग गरिएको छ ।