ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

फाइल तस्वीर

काठमाडौं । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

 

 

 

मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

 

 

 नेपाली टीममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बमलगायले खेलिरहेका छन् ।