टि -२० विश्वकप छनौटमा नेपालको विजयी सुरुवात
काठमाडौं।ओमानमा जारी टि–२० विश्वकप छनौटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराउँदै नेपालले विश्वकप छनौटमा सुखद सुरुवात गरेको हो।
१ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट भएपछि नेपालले सहजै जित हात पारेको हो।
ओमानका नासिम खुसीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यान नेपालका बलरसामु निरीह सावित हुँदै दोहोरो अंकको रन बनाउन सकेनन्।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए।
यस्तै जितेन्द्र मुखिया र अविनाश बोहोराले समान एक विकेट खसाले। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनमा समेटिएको थियो। नेपालका आरिफ शेखले सर्वाधिक ३८ रनको योगदान गरे। लोकेश बम र सन्दिप लामिछाने समान १६/१६ रन बनाए।
ज्ञानेन्द्र मल्लले १५ तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सेकेनन्।
ओमानका खबिर अलीले सर्वाधिक ३ विकेट लिए। बिलाल खानले २ विकेट हात पार्दा फायाज बुट र जसन मक्सदले समान १/१ विकेट लिए। साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ ।