एमसीसी विरुद्ध क्रान्तिकारी माओवादीसहित ६ पार्टी र २ मोर्चाले संसद भवन घेराउ,देउवा सरकारको दमनको कडा प्रतिरोध
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ पार्टी र २ मोर्चाले आज एमसीसी विरुद्ध संसद भवन घेराउ गरेका थिए।
माइतीघर मण्डलाबाट सुरु भएको विरोध जुलुस संसद भवन अगाडि नयाँ बानेश्वर चोकमा पुगेपछि देउवा सरकार व्यापक दमनमा उत्रिएको थियाे।
साे कार्यक्रमलाइ नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले सम्वाेधन गरेका थिए । उनले भने देउवा सरकार जसरी भएपनि एमसीसी पारित गर्ने प्रयास गरि रहेकाे छ।
यदि पारित भयाे भने हामीलाइ के गर्नु पर्छ भन्ने राम्राेसँग थाहा छ ।देउवा सरकारले जनताकाे आवाज दबाउन खाेज्याे भने भाेलीका दिनमा के परिमाण आउँछ त्यसकाे ख्याल राख्न नेता गजुरेलले चेतावनी दिएनुभयाे।
त्यस्तै देशभक्त क्रान्तिकारीमाथि देउवा सरकारले लाठी, पानीको फोहरा, टियरग्याँससहित दमनमा उत्रिएको प्रति नेता गजुरेलले आपत्ति जनाउनु भएकाे थिए।शान्तिपूर्ण आन्दाेलनमा यस्ताे दमन नगर्न पनि प्रहरी प्रशासनलाइ समेत नेता गजुरेलले चेतावनी दिनुभएकाे थिए।
प्रहरीकाे देशभक्त क्रान्तिकारीहरुले डटेर कडा प्रतिरोध गरेहेका थिए । एमसीसी मुर्दावाद, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार, एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन लगायतका चर्को नाराबाजीसहित प्रदर्शन भएको थियाे।
आजको विरोध प्रदर्शनमा माओवादी केन्द्र, एसमाजवादीका युवा र विद्यार्थीहरुसमेत सडकमा उत्रिएका थिए। त्यसैगरी नेपाली कांग्रेस विपि,राप्रपालगायत अन्य देशभक्तिभाव राख्ने विभिन्न समूहरुसमेत सडकमा उत्रिएका थिए।