एमसीसी बारे प्रचण्ड र नेपालसँग ढुक्क नभएका प्रधानमन्त्री एमालेसँग निरन्तर छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ ।

 

 

एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्ता गर्दै आउनुभएको छ ।

 

 

सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमलेसँग पनि निरन्तर वार्ता र छलफल गर्दै आउनुभएको छ ।

 

 

शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पूरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो ।

 

 

एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा कांग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।