एमसीसी विरूद्धको आन्दोलनमा क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालगायत दर्जनौ घाइते
काठमाडौं ।नेकपा (क्रान्तिकारी मओवादी)सहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले गरेको एमसीसी विरूद्धको विरोध प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप।
नाराजुलुससहित संसद भवन घेराउ र्यक्रममाथि देउवा सरकारले व्यापक रुपमा दमन गर्दा दर्जनौ नेता कार्यकर्ता घाइते भएका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको विरोध प्रदर्शनमा प्रहरी प्रशासनले लाठी, पानीका फोहरा, टियर ग्याँस र रबरको गोली प्रहार गरेको थियो।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध क्रान्तिकारी युवालिगका सुरेश तामाङ र हरी विकलगाएतका नेता कार्यकर्ता घाइते भएका छन् भने अन्य पार्टीमा नेकपा(विप्लव)का विदुषि, रमेश, कुमारलगायतकाको सिभिल र वीर अस्पतालमा उपचार भइरहेको छ।