प्रचण्ड र माधव नेपाललाई देशभन्दा गठबन्धन सरकार ठूलो                                        

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्ड  र नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपाललाई नेपाल राष्ट्र र नेपाली जनताभन्दा नेपाली काँग्रेस समेतको पाँच दललीय अमेरिकी साम्राज्यवादको दलाल सरकार ठूलो लाग्यो ।

 

 

 

यी दुबै जना र तिनीहरूका  पार्टीहरुले पहिले राष्ट्रघाति एमसीसी संझौता देश र नेपाली जनताको हितमा नभएकोले हुबहु पारित गर्न नसकिने र परिमार्जन सहित पारित गरिने धारणा राख्दै आएका थिए ।

   
 
तर  शेरबहादुर देउवा र प्रचण्डले पत्र लेखेर यही २०७८  फागुन १६ गते ( २८ फेब्रुअरी २०२२ ) सम्मको म्याद मागेकोमा त्यस दिनसम्म राष्ट्रघाति एमिसीसी संझैता पारित नगरेमा नेपालका सत्ताधारीहरु विशेष त: प्रतिक्रियावादी पाँच दलीय गठबन्धनको नेतृत्व गरेका आफ्ना दलालहरु जुन कुनै पनि कार्यवाही गरिने , नेपालसंग ७५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध बिग्रिने धम्की दिए पछि शेरबाहाादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु निकै अत्तालिएर र शेर बहादुर देउवा र प्रचण्ड त राष्ट्रिय सहमति कायम गरौं भन्दै आलोपालो गरेर लाजै पचाउँदै केपी ओलीको निवास बालकोट धाई रहेका थिए ।
 
तर केपी ओलीले माधवकुमार नेपालका १४ सभाषदलाई नहटाएसम्म र सभामुख अग्नि प्रसाद सापकोटालाई महाअभियोग लगाई नहटाएसम्म आफूले सहयोग नगर्ने पुरानै अडान राख्दै आएका थिए ।
 
 
 
तर पछिल्लो अबधिमा पाँच दलीय गठबन्धन भत्काए पछि काँग्रेस र एमालेको सहकार्यमा सरकार सञ्चालन पनि गर्ने र एमसीसी पनि पारित गर्ने संकेत ओलीले शेरबहादुर देउवालाई दिएपछि प्रचण्ड  र माधवकुमार नेपालको होसहवार भयो र उनीहरूले १२ बुँदे नाङ्गो कागजी खोष्टोको :  व्याख्यात्मक पुरक प्रस्ताव ) नाटक मञ्चन गरेर प्रचण्ड र माधवकुमार नेपाल देश र जनतालाई अमेरिकी साम्राज्यवादशीत बेचेर पाँच दलीय गठबन्धन पनि जोगाउने र राष्ट्रघाति एमसीसी पनि पारित गराउन तयार भए र  यही फागुन १५ गते राती  ठिक ८.५७ मा राष्ट्रघाति एमसीसी संझौता संसदबाट बहुमतबाट पारित गराउन सफल भए ।
     
 
 
 
यही १७ गते एक पत्रकार सम्मेलनको आयोजना गरेर प्रचण्डले घोषणा गरे ” एमसीसी संझौता पारित भए पछि गौरवको अनुभूति भएको छ ”  आफ्नो देश अमेरिकी साम्राज्यवादलाई बेच्न पाउँदा गौरवको अनुभूति गर्ने विनालाजको प्रचण्ड र माधवकुमार नेपाल सिक्किमलाई २०३२ सालमा भारतमा विलय गराउने लेन्दुप दोर्जे भन्दा अझै ठूलो र खतर्नाक देशद्रोहीको बिल्ला भिर्न सफल भएका छन् । 
     
 
 
 
नेपाली काँग्रेसको सरकारलाई राष्ट्रघाति एमसीसी संसदबाट  पारित गराउन मुख्य मतियारका रुपमा भूमिका निर्वाह गर्दै आएका प्रचण्ड – माधवकुमार नेपालहरु आज साँच्चिकै लेन्दुप दोर्जे बन्न पुगेका छन् र उनीहरूको इतिहास अब नेपालको राजनीतिक इतिहासमा कालो अक्षरले लेखिनेछ ।
   
 
 
 
हामी क्रान्तिकारी कम्युनिस्टहरुले त नेपालका कम्युनिस्ट आवरण भित्रका नामधारी – नक्कली कम्युनिस्टहरूलाई पहिलेदेखि नै देशीविदेशी प्रतिक्रियावादीहरु गोटी मात्रै होइनन् साम्राज्यवाद तथा विस्तारवादका दलाल हुन् भन्दै आएका थियौं ।
 
 
 
 
तर नेपाली जनता त उनीहरूलाई नै असली कम्युनिस्टहरू हुन् भन्ने बुझाई थियो । यस परिघटनाबाट कम्युनिस्ट ख‍ोल ओ‍ढेका दलालहरुलाई राम्ररी चिन्ने मौका पाएका छन् ।
 
 
 
 
 
     
अब यति भइसके पछि एउटा साँचो कुरा के हो भने देश र जनता भन्दा सत्ता प्यारो ठान्ने देशद्रोही दलालका पछि पछि लागेर जीवन खेर फाल्ने कि  माके भित्र , एकीकृत समाजवादी भित्र र एमाले भित्र पनि हजारौं नेता – कार्यक्रमकर्ताहरु देशभक्त र क्रान्तिकारी मानसिकता भएकाहरुले । अब उनीहरूले उनीहरूका हेडक्वाटरहरुमा बमबार्ड गर्दै विद्रोह गर्ने कि संगसंगै मलखाखमा पुरिने भन्ने प्रश्न खडा भएको छ ।
 
( केसी – वरिष्ठ माक्र्सवादी लेखक र राजनीतिक विश्लेषक हुनुहुन्छ ) ।