क्रान्तिकारी माओवादी सहितका ६ पार्टी र २ मार्चाले गरे फागुन २० देखि चैत्र ६ गतेसम्म संघर्षका कार्यक्रम घोषणा
काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)सहित ६ दल र २ मोर्चाले फागुन २० गतेदेखि चैत्र ६ गतेसम्म विभन्न बिरोध कार्यक्रम घाेषणा गरेका छन् ।
साे पार्टीहरूले फागुन १५ गतेलाइ जनताले कालाे दिन घाेषणा गरेकाे पनि विज्ञप्तिमा जनाएका छन् भने नेपाली काँग्रस ,नेकपा माओवादी केन्द्र,एसमाजवादी, जनता समाजवादीलगायतका नेताहरूले नेपाली जनताकाे विराेध ,प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनकाे खिलापमा राष्ट्रघाती र जनघाती कुकार्य गरेकाे संयुक्त माेर्चाले आराेप लगाएकाे छ।
त्यस्तै नेकपा एमालेले विराेध गकर्नुकाे सट्टा उल्टै बयाल घेराउकाे बहानामा राष्ट्रघाती एमसीसी सम्झाैतालाइ सघाउ पुर्याउने गरेर नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेकाे संयुक्त मार्चाले विज्ञप्तिमा जनाएकाे छ।
त्यस्तै अमेरिकाको दादागिरी,धम्कि र नाङ्गो हस्तक्षेपको घोर निन्दा एवम् भत्सना गर्दै देशभक्त,राष्ट्रवादी सबैलाइ संघर्षमा सहभागीताकाे लागि विशेष आग्रह गरिएकाे छ।
त्यस्तै पार्टीहरूमा नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (विप्लव),नेकपा (मसाल) ,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी)लगायत रहेका छन्।