क्रान्तिकारी मओवादीसहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको निष्कर्ष: एमसीसीलाई कार्यान्वयन गर्न नदिने घोषणा

काठमाडौं। नेकपा (क्रान्तिकारी मओवादी)सहितका ६ पार्टी र २ मोर्चाहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर एमसीसीलाई कार्यान्वयन गर्न नदिने घोषणा गरेका छन्।

 

 कम्युनिष्ट पार्टीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै एमसीसी संसदबाट अनुमोदन भए पनि कार्यान्वयन हुन नदिने बताएका हुन्।

 

 

क्रान्तिकारी मओवादीका नेता परि थापले आर्थिक प्रभावमा परेर एमसीसी अनुमोदन भए पनि कार्यान्वयन गर्न नेपाली जनताले नदिने उल्लेख गर्नुभएकाे छ।  

 

 

  अहिलेसम्म हाम्रो नीति पारित गर्न नदिने हाे ,अबको संघर्ष भनेको लागू गर्न नदिने , कहाँ लागू गर्छ देउवा सरकारले कार्यान्वयन गर्ने कुरा संसदमा पारित गरेजस्तो सजिलाे नभएकाे नेता थापाले उल्लेख गरे। 

 

 

 

उनले एमसिसी सम्झौता अहिलेसम्मकै राष्ट्रघाती भएको दाबी समेत गरे ,यो एमसीसी परियोजना आइपिएसको अंगका रुपमा अमेरिकाले अघि बढाएकाले त्यसलाई नेपाली जनताले प्रतिरोध गर्ने नेता थापाले घोषणा गरेका छन्।

 

 

 त्यस्तै नेकपाका नेता खड्कबहादुर विश्वकर्माले भने  अमेरिकी साम्रराज्यवादले सय वर्षको योजना बनाएर अघि बढिरहेको छ। यो आइपिएसको एउटा अंग हो। विश्वको अन्तरविरोधमा, अमेरिकाले आफूलाई शक्तिमा राख्न अघि सारको योजना हो,विगतका सबै राष्ट्रघातलाई समेत यसले माथ खुवाएको छ।

 

 

 

विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्डका कारण एमसीसी पारित भएको जिकिर गर्दै उनीजस्तो राष्ट्रघाती अरु कोही नभएको आरोप लगाए। त्यस्तै बाबुराम भट्टराईले एमसीसीको वकालत गर्दै हिँडेपछि उनी जनयुद्धमा घुसपैठका रुपमा आएको आफ्नो आशंका पुष्टि भएको उल्लेख गरे।

 

 

 

विश्वकर्माले भने, ‘यसमा प्रचण्डजस्तो राष्ट्रघाती, दलाल कोही देखिएन। त्यसको नेतृत्व देउवा सरकारले गर्‍यो। बाबुराम त झन् वकालत गर्दै हिँडे।

 

 

म कार्यकर्ता हुँदै लागेको थियो, उनी माओवादीमा कसरी आए ,हामीलाई लागेको थियो पेनिट्रेसन (घुसपैठ) हो कि ?  कम्युनिष्ट पार्टीहरुले एमसीसी सच्चा र कच्चा कम्युनिष्टबीचको संघर्षसमेत भएको उल्लेख गरेका छन्।

 

 

त्यस्तै पार्टीहरूमा नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (विप्लव),नेकपा (मसाल) ,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल,  राष्ट्रिय जनमोर्चा, नेकपा , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी)लगायत रहेका छन्।