राष्ट्रघाती एमसीसी कार्यान्वयन गरेर देखाउन देउवा,प्रचण्डलाई अध्यक्ष हरिकृष्ण गजुरेलको चुनौती

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा एक टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्,एमसीसीलाइ शेरबहादुर देउवा सरकारले कसरी कार्यनयन गर्छ हामी त्याे हेरि रहेकाे छाैं।  

 

 

 

हामी कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी कार्यान्वयन गर्न दिदै नौ, शेरबहादुर देउवाहरूले कसरी कार्यान्वयन गर्छन् हामी पनि हेर्छाै नेता गजुरेलले भनेका छन्।  

 

 

 

त्यस्तै देउवाले सरकारले अमेरिकी सामराज्यवादसँग बाचा कसम गरेर जसरी पनि एमसीसी पास गर्छौं भनेर अहिले उनिहरूकाे बाचा पुरा गरेकाे उनले बताए।

 

 

हामी कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी कार्यान्वयन गर्न दिनौं जनतालाइ ठगेर अहिले पास गरिए पनि त्याे सम्झाैता हुँदैन उनले भनेका छन्।   

 

 

एमसीसीको बारेमा मरिहत्य गरि रहनु पर्ने आवश्यक छैन एनसेलसँग कर उठाउन नसक्ने अनि अरूसँग ५० अर्बको लागि आफ्नो देशको अस्तित्व सिध्याउन याे सम्झाैता पारित गरिएकाे बताए। हामी कुनै हालतमा कार्यान्वयन हुन दिदै नाै अब आन्दोलनको अधिबेरी सृजना गर्छौ नेता गजुरेलले भनेका छन्। 

 

 

 

क्रान्तिकारी माओवादी लगायतका ६ पार्टी र २ माेर्चाले आन्दाेलनका कार्यक्रम घाेषणा गरि सकेका छन्। अब राष्ट्रघाती एमसीसी परित गर्ने दलालहरूले अब कार्यान्वयन गरेर देखाउन चुनाैती दिन चाहान्छु नेता गजुरेलले भनेका छन्।