क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तिकारी) सहितका विद्यार्थी नेताहरूले मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन प्रति एक्यवद्धता

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनका नेताहरूले रिले अन्सन र भोक हडताल तथा धर्ना कार्यक्रममा एक्यवद्धता जनाएका छन्।

 

 

 

 सो कार्यक्रममा एक्यवद्धता जनाउनेमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शीलु न्यौपाने,विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायत विधार्थी नेताहरुले मेडिकल शिक्षामा देखिएको चरम लापरबाहीबाट पिडित मेडिकल विद्यार्थीद्धारा आयोजित रिले अन्सन र भोक हडताल तथा धर्ना कार्यक्रमलाई एक्यवद्धता जाहेर गरेका थिए।

 

नेवल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजका विद्यार्थीहरुले तोकिएको भन्दा बढी शुल्क तिर्न विद्यार्थीहरुलाई बाध्यात्मक स्थिति तयार गरिएको र होस्टेलमा अनिवार्य बस्नु पर्नु, अन्य अनावश्यक शिर्षक देखाई कलेजले विद्यार्थी र अविभावकहरुलाई बाध्यात्मक स्थिति तयार गरेको हुँदा मेडिकल विद्यार्थीहरु आन्दोलित भइरहेका छन्।

 

 

 त्यस्तै मेडिकल शिक्षाकालाई चाईना गएर कोभिडको समयमा नेपाल फर्काएका विद्यार्थीहरु पनि मन्त्रीपरिषदको निर्णय अविलम्ब कार्यान्वयन गर्न २०१५-२०१६ व्याचका विद्यार्थीहरूले माग गर्दै आएका छन् भने उनिहरूले  ईन्टनसिप व्यवस्थापन छिटो गर्नु पर्ने भन्दै मेडिकल विद्यार्थीहरुले सडकमा भोग हडताल तथा धर्नामा दिएर काठमाडौंमा संधर्षरत रहेका छन्।

 

 

 

अब छिटै सम्वन्धित विद्यार्थीहरूको समस्याको हल गर्न अखिल (क्रान्तिकारी) र आज एक्यवद्धता दिन आउनु भएका अन्य विद्यार्थी संगठनहरूले पनि छिटै यो समस्याको सम्धान गर्न र निकास निकाल्ने प्रतिबद्धता विद्यार्थी संगठनहरुले संघर्षरत मेडिकल विधार्थीहरुलाई दिएको जानकारी अखिल९क्रान्तिकारी० की केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले हाम्रो अनलाइलाई जानकारी दिनु भयो।