संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपनि कार्यन्वयन गर्न दिदैनौ: ८ दलका शीर्ष नेताहरु
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहितका ६ पार्टी र २ मोर्चाले संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद्बाट अनुमोदन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता गरिरहेका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताउनु भयाे।
उहाँले भन्नु भयाे, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको स्पष्ट पार्नुभयाे ।
उहाँले भन्नु भयाे, यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेर थप राष्ट्रघात गरेको बताउनु भयाे।
देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उल्लेख गर्नु भयाे।
त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीका कारण चीन र अमेरिकका अब आमने सामने हुनेबेला आएको र त्यसको शिकार नेपाल हुने बताउनु भयाे।
उहाँले फागुन १५ कालो दिनको रूपमा जनताले मनाउने बताउनु भयाे। एमसीसीको विरोध गर्ने पहिले झिल्को थियौ अहिले राको भएर आएका छौ अब देशभर सशस्त आन्दाेलनकाे सृर्जना हुन्छ संसदबाट पारित गरे पनि कार्यन्वयन कसरी गर्छन् हामी पनि हेर्छाै अध्यक्ष गजुरेलले भन्नु भयाे।
कमल ओडेर घ्यू खादै थिए। जनताले पुवाल परेको कमलबाट घ्यू खाएको देखि सकेपछि केही उकाउन खाेज्दै थिए,अहिले आएर सबै उदाङगाे भएकाे अल्लेख गर्नुभयाे।
एमसीसीविरूद्धको लडाइ राष्ट्रिय स्वाधीनताको लडाइ हो ।सच्चा कम्युनिष्ट पार्टीहरूबिच धुव्रीकरण हुन जरुरी थियो। अहिले त्यो भएको छ। काे कम्युनिष्ट हाे काे हाेइन भन्ने कुरा अहिले कित्ता किलिएर भएकाे बताउनु भयाे।यो अहिलेको लागि राम्रो छ।
ब्याख्यात्मक घोषणा भनेको जनतालाई धोका दिन गरिएको जालझेल हो । अझै पनि खारेज गर्न सकिन्छ अब एमसीसी खारेज अभियान चलाउन जरुरी देखिएकाे छ। यो एउटा एमसीसीले गर्दा राष्ट्रियता प्रति माया गर्नेहरू एक ठाउँ हुन पाईएको अध्यक्ष गजुरेलले उल्लेख गर्नुभयाे।
नेकपाका महासचिव विप्लवले कार्यक्रमलाइ सम्बाेधन गर्दै भने ९ हजार सहिदहरूको बलिदान भएको छ। पुस १ गते जस्तै एमसीसी पारित भएसँगै जनताकाे लागि फागुन १५ गते कालो दिनकाे भएको छ।
उनले भने १६ गतेको नेपाल बन्द र आज २० गतेको विराेध सभा १५ गतेकाे कालो दिनका लागि विरोध गरिएको हो।
जनयुद्धले ८० प्रतिशत भूभाग नियन्त्रण भएको थियो । नेपाली कम्युनिस्ट पार्टी र रातो झण्डालाई सिध्याउन एमसीसी पारित गर्ने यस्तो खेल गरिएको बताए ।
उनले भने कथित कम्युनिस्टहरूले राष्ट्रियस्वाधीनताको रक्षा गर्न अब सक्दैन अब त्यसको निम्ति सच्चा कम्युनिस्ट पार्टीको आवश्यकता रहेको छ।
एमसीसीको विपक्षमा काँग्रेसले भित्र पनि मतभेत रहेकाे बताए। यो संसदको अस्तित्व सकिएको छ।यो संसद अमेरिकी साम्राज्यवादीहरूको चलखेल गर्ने थलाे भएकाे बताए।
प्रचण्डले दुर्घटनाबाट देश र जनतालाइ बचाए रे ? उनले भने के को दुर्घटना अहिले एमसीसी पारित गरेर देशमा दुर्घटना भएको छ ।
दलालहरूले किन नबुझेका ७२ अर्ब त एनसेलबाट उठाउन बाँकी छ। त्याे पैसा उठाउन नसक्ने अनि ५०अर्बले देश बन्छ भन्दै एमसीसी पारित गर्ने खैत दलालहरूले बुझेकाे।
अब एमसीसीको ब्याख्यात्मक घोषणामा गरिएकाे १२ बदेको औचित्य सकिएकाे छ। चीनको अफिन युद्धको नसा जस्तै अहिलेको एमसीसी पनि त्यस्तै नसा भएकाे बताए।
आहुतीले एमसीसीलाई जालसाजी गरेर जनतालाई ढाट छल गरि पारित गरिएकाे बताए । ब्याख्यात्मक घोषणा भनेको एउटा चट्क मात्र देखाएकाे हाे।
मुलुकका ४३ वटा ठाउँमा एमसीसीका नङरा पुगेको छ। राष्ट्रवादी भनिएका भिम रावल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, गिरिजा मणी पोखरेल लगायतकाहरूलाई राष्ट्रवादीहरूलाई आज यो सभामा आउन केले र कसले राक्यो उनले प्रश्न गरे ।
त्यस्तै नारायणकाजी र गिरिराजमणि पोखरेलले अझै पनि प्रचण्डको साथ छोडेन भने तपाईंका अब पतन हुने दिन सुरू भए। एमसीसी विश्व साम्राज्यवादको मुख्य अंग हो।गल्ती सच्याउन क्रान्तिकारीहरू एक हुनेबेला आएको छ । अब साम्राज्यवादको निम्ति संयुक्त मोर्चा तयार गरि लड्न तयार हुनु पर्छ।
नेकपाका अध्यक्ष ऋषिराम कटेलले एमसीसीको नाममा अमेरिकी २/३ हजार कामदार आउछन् अनि कस्ता कामदार आउ छन् त्यो हेर्दै जाउ उनले भने। एमसीसी रोक्न सकिएन भने भोलिका दिनमा के हुन्छ। त्यसैले यो सम्झौता जसरी भएपनि खारेज हुनुपर्छ। जीवन मरणको बेलामा ६ दल र २ मोर्चाले संघर्ष गर्नु पर्ने उल्लेख गरे।
त्यस्तै कर्णजित बुढाथोकी शुसिलले एमसीसी पारित गर्ने नेपालका दलालहरू अब अमेरिकी भिसा लिएर उतै बसाइ सारेर गए हुन्छ।तिमीहरूलाई नेपालमा बस्ने अधिकार छैन।माओवादी केन्द्र र एकृकित समाजवादीका कार्यकर्ताले कि विद्धाेह गर्नुहोस होईन भने नेपाली काँग्रेसमा प्रवेश गर्नुहोस् उनले भने।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसीले गर्दा राष्ट्र र राष्ट्रियता माथि खतरा रहेको बताएका छन्।अमेरिककाले सहयोग दिएको होईन लगानी गरेको हो उनले भने।
यदि यो एमसीसी राष्ट्रको हितमा भएको भए हामी विरोध गर्ने थिए नौ। अहिले केही पार्टी बामपंथी होइन खामपंथी भएका छन्। एमसीसी पारित भए नेपाली युवाहरू विदेश जानु पर्दैन भनेर नेपालका साशकहरूले भ्रम सृर्जना गरेको छ। जहिले सम्म राष्ट्रघाती एमसीसी खारेज हुँदैन त्यहीले सम्म आन्दोलन र संघर्ष गरि रहने बताए।
मसालका महासचिव राम प्रकाश पुरीले राष्ट्रियताको लडाइँमा अन्तिमसम्म लड्नु पर्ने छ। पहिले हामी बलियो हुनुपर्ने हुन्छ। अनि साम्राज्यवाद विरूद्व लड्न तयार हुनु पर्ने बताए।
त्यस्तै सहिद परिवारकी खुमा सुवेदीले सहिद परिवार फेरि पनि लड्न तयार रहेकाे बताएकी छन्।सहिद परिवार राष्ट्रियताका सवालमा फेरि पनि लड्न तयार रहेकाे उनले बताइन।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन नहुने विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्चमा आमसभा आयोजना गरिएको छ । आमसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।