सेन्चुरी बैंकको एघारौं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
चितवन। “सरल बैंकिङ्ग सबैको लागि” भन्ने मुल नाराका साथ वि. सं. २०६७ पुस २८ गते स्थापना भई २०७६ फागुन २६ गतेदेखि वित्तीय कारोबार गर्दै आएको सेन्चुरी बैंकले ११ ओेैं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित मनाएको छ। हाल देशको ७ वटा प्रदेशमा शाखा , एक्सटेन्सन काउन्टर , शाखारहित बैंकिङ्ग र एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको चुक्ता पूँजी करिब ९ अर्ब ३४ करोड रहेको छ।
बैंकले सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा शिक्षा, स्वास्थ्य , खेलकुद , वातावरण लगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ। हाल चितवनको ६ वटा शाखाहरु पटिहानी, नारायणगढ , बेलचोक , टाँडी , पदमपुर र भण्डाराबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।
यी शाखाहरु मार्फत आज वृद्धाआश्रममा भोजन तथा विभित्र अत्यावश्यक सामाग्रीहरु वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको बैंकका पटिहानी शाखा प्रबन्धक अप्सरा सुवेदी पराजुलीले बताउनुभयो।