राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रको चलखेल बढ्यो :अध्यक्ष लिङ्देन
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने स्थलमा परिणत भएको बताएका छन् ।
शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न सुर्खेतको वीरेन्द्रनगर पुुगेका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएको भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने बताएका हुन् ।
उनले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रको चलखेल बढेको बताए । उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको आरोप लगाए ।