मुगु जिल्लाका एमाले नेता तथा निलम्बित सांसद मोहन बानियाँको बयान सकाएर प्रहरी प्रतिवेदन तयार गर्दै

काठमाडौं ।बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम प्रहरीले थालेको छ।

 

 

 

 

दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

 

 

त्यतिबेलासम्म पनि प्रतिवेदन तयार नभए पुनस् म्याद थप हुने उनले बताए ।

 

 

 

 

जुम्लाकी एक महिलाले नेपालगन्जस्थित अप्सरा होटेलमा बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

 

 

 

त्यसपछि अदालतको आदेशअनुसार प्रहरीले बाँकेस्थित राँझा विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको थियो ।

 

 

 

बलात्कारको मुद्दा दर्ता भएपछि फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको थियो ।