साताको तेस्रो दिन नेप्सेमा १७ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । अघिल्ला दुई कारोबार दिनमा नै डेढसय अंक भन्दा माथिको वृद्धि भएको बजार सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार सुरु भएको दुई घण्टा नबित्दै बन्द भएको थियो भने सूचकमा ०.१५ अंकको वृद्धि भयो।

 

 

 

सोमबार पूरा समय कारोबार नभएको बजारमा आज मंगलबार भने नेप्से १७.१५ अंकले गिरावट भएर २६५०.९७ अंकमा बन्द भएको छ ।

 

 

मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आइतबार करिब ५ अर्ब नजिक पुगेको कारोबार रकम आज साढे ३ अर्बबाट तल झरेको छ ।

 

 

 

 

आज दिनभर बजारमा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा गिरावट हुँदा होटेल तथा पर्यटन, बिमा र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

 

 

 

 

 

बजार पुँजीकरणमा सबैभनदा ठुलो हिस्सा रहेको नेपाल दुरसञ्चार कम्पनीको सेयरमूल्य नै सर्वाधिक ५.१३ प्रतिशतले गिरावट हुँदा नेप्सेमा पनि गिरावट हुन पुगेको हो ।

 

 

 

यता इमर्जिङ नेपालको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सगरमाथा इन्स्योरेन्सको ६.६४ प्रतिशतले बढेको छ।

 

 

आज दिनभर बजारमा कारोबार भएकामध्ये नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक ३४ करोडको कारोबार हुँदा अपी पावरको १२ करोड नेपाल लाइफका ११ करोड ८४ लाखको कारोबार भएको छ ।

 

 

 

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार हुँदा १३० कम्पनीको सेयरमूल्य घटेको छ भने ५२ कम्पनीको बढेको छ । त्यस्तै ११ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।