निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर जाने सहमतिको मसालले गर्यो स्वागत

काठमाडौं । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा गठबन्धन गरेर जाने भन्दै अर्घाखाँचीमा पाँच दलले गरेको सहमतिको नेकपा मसालले स्वागत गरेको छ।

 

 

अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले तीन वटै निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका थिए ।

 

 

 

मसालले एके विज्ञप्ति निकालेर एमसीसी सम्बन्धी विवादका कारण आफूहरु पाँच दलीय गठबन्धनबाट अलग भए पनि प्रतिगमनको खतरामाथि ध्यान दिँदा सबै तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा तालमेल हुनुपर्नेमा पक्षमा आफूहरु रहेको स्पष्ट पारेको छ ।

 

 

 

विज्ञप्तिमा अर्घाखाँचीमा भएको सहमति र ११ गतेदेखि हुने भनिएको संयुक्त अभियानलाई पार्टीले सकारात्मक रूपमा लिएको उल्लेख छ ।